जेम्स क्यामरुन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले अमेरिकी बक्स अफिसमा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
डेडलाइन हलिउड म्यागजिनका अनुसार १७५ मिलियन डलर नजिकको लक्ष्य राखिए पनि यसको न्यूनतम कमाइ १५० मिलियन डलर निश्चित हुन सक्नेछ ।
![]()
कुनै फ्यान–बेस फिल्म नभएको ‘अवतार २’को प्रक्षेपित कमाइ सन् २००९ मा रिलिज भएको पहिलो भागभन्दा ९५ प्रतिशतले धेरै हो । हालैको एक सर्वेक्षणमा ल्याटिनो, हिस्प्यानिक र काला जातिका ३० देखि ४० वर्ष उमेर समूहका दर्शकले फिल्म हेर्न चाहेको देखिएको छ ।
शनिबार मात्र गरिएको घोषणाअनुसार अमेरिकासँगै यो फिल्म अर्को ठूलो फिल्म बजार चीनमा समेत सोही मितिमा प्रदर्शन हुनेछ । धेरै हलिउड ब्लकबस्टर फिल्मलाई पन्छाएर चीनले अवतार २ लाई मात्र प्रदर्शनको अनुमति दिनुले पनि फाइदा हुने देखिन्छ ।