इनरुवा जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा मेहताको नेतृत्वमा १० जनाको कार्यसमिति चयन

 

    । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ।इनरुवा जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा मेहताको नेतृत्वमा १० जनाको कार्यसमिति चयन गरेको हो ।जेसीजकाे आज बसेको बैठकले १० जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।सभाले कार्यकारिणी उपाध्यक्षहरुमा ऋषिता साह र संजय यादव, कानूनी सल्लाहकार संगित निरौला, महासचिव सत्य नारायण यादव र काेषाध्यक्ष सचिन कुमार यादव सर्वसम्मत चयन भएको हो ।
त्यसैगरी सभाको बैठकले उपाध्यक्षहरुमा बिक्रम गुप्ता (विकास), निश्चल कार्की, मिलन पौडेल र बिरेन्द्र पौदार तथा सचीवमा आरिफ अन्सारीलाई चयन गरिएको प्रमुख निर्वाचन आयुक्त संयम कोइरालाले जनाएको छ ।
इनरुवा जेसीजको कार्यसमितिमा बाकी रहेका पदमा पछि चयन गर्ने र पदस्थापन कार्यक्रम जनवरीभित्र इनरुवामा हुने जनाएको छ ।
साधारणसभामा वर्ष २००३ का अध्यक्ष सन्तोष देव, २००५ का अध्यक्ष निखिल पोख्रेल, २०१६ का अध्यक्ष सुनोज निरौला, २०१७ का अध्यक्ष धिरज भट्टराई, २०१८ का अध्यक्ष कुन्दन मेहता, २०१९ का अध्यक्ष जितेन्द्र यादव, २०२० का अध्यक्ष चन्दन यादव, २०२१ का अध्यक्ष संयम कोइराला, २०२२ कि अध्यक्ष पुष्पा खरेल निरौला लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *