
ट्याक्टर दुर्घटना हुँदा दुई जना काे ज्यान गयाे
सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा मंगलवार विहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टिएको थियो । देवानगंज गाउँपालिका वडा नम्बर २ स्थित खत्वे टोलको भित्रि सडकमा को २ त ६२३८ नम्बरको ट्याक्टर पल्टिएको इलाका प्रहरी कार्यलाय देवानगंजले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बर्जु गाउँपालिका– ५ का ४० वर्षीय प्रमोद पण्डितको उपचारको क्रममा विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । यता दुर्घटनामा घाइते भएको सहचालक देवानगंज गाउँपालिका वडा नम्बर २ का धिरेन्द्र खत्वेको पनि मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो अस्पताल पुगन वित्तिकै चालकलाई चिकित्सकले मृत घोषण गरेको थियो र केही समय पछि उपचारत सहचलकको समेत मृत्यु भएको इलाका प्रहरी कार्यलाय देवानगंजका प्रहरी निरिक्षक ब्रद्धी दाहाले जानकारी दिनुभयो । ।