राजी पाडहा सरना प्रार्थना सभा नेपालको दोश्रो साधारण सभा सम्पन्नअध्यक्षमा पुन: रामकिशुन
जबाे इनरुव /पारस यादब राजी पाडहा सरना प्रार्थना सभा नेपालको दोश्रो साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय इनरुवा–८ बंकुलवा स्थित एक कार्यक्रम विच शनिवार राजी पाडहा सरना प्रार्थना सभा नेपालको दोश्रो साधारण सभा सम्पन्न भएको हो । सम्पन्न दोश्रो साधारण सभाले रामकिशुन उरावको अध्यक्षतामा आफु सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सो कार्य समितिले उपाध्यक्षमा हरिलाल उराव, सचिवमा रविन्द्र उराव, सह–सचिवमा संजिव उराव, कोषाध्यक्षमा मिनु कुमारी उराँव रहेका छन भने सदस्यहरुमा चन्द्रवती उराव, अमरलाल उराव, महेशलाल उराव, ममता कुमारी उराव, सरिता कुमारी उरावलाई चयन गरिएको छ ।
राजी पाडहा सरना प्रार्थना सभा नेपालले स्वास्थ्य जाँच तथा परामर्श तथा रक्तदान कार्यक्रमको आयोजना गरी दोश्रो साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । राजी पाडहा सरना प्रार्थना सभा नेपालद्वारा आयोजित स्वास्थ्य जाँच तथा परामर्श शिविर अन्तर्गत एक सय बढी विभिन्न रोगका विरामीले स्वास्थ्य लाभ लिएको परामर्श शिविरका संयोजक शुसिल कुमार उराँले जानकारी दिए ।
त्यसैगरी राजी पाडहा सरना प्रार्थना सभा नेपालद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला ६ जना पुरुष २१ जना गरी जम्मा २७ जना दाताले रक्तदान गरेको कार्यक्रमका संयोजक जोगेन्द्र उराँवले जानकारी दिए ।
राजी पाडहा सरना प्रार्थना सभा नेपालको प्रमुख अतिथी पुर्व सांसद सुर्यदेव दास उरावँले गरेका थिए । उरावँले कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै राजी पाडहा सरना प्रार्थना सभा नेपालले समग्र उराँव आदिवासी जनजाति समुदायको धार्मिक, साँस्कृतिक पहिचान र सरना धर्मको संवद्र्धन, प्रवद्र्धन तथा विकासको निमित्त मेरो सदैव साथ र सहयोग रहेकोले एक्वद्र्धता जनाउँदै सबैजना एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।