जनता बाेल ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव युवा नेता सन्तोष मेहताको नाम उम्मेदवारकाे रूपमा सुनसरीका दुई वटा क्षेत्रबाट सिफारिस भएको छ । 
सुनसरी क्षेत्र नम्बर २ र ४ बाट महासचिव मेहताको नाम सिफारिस भएको सुनसरी जिल्लाका संयोजक रामनारायण यादवले बताए । मेहता यस पुर्व क्षेत्र नम्बर ४ बाट निर्वाचन मा भाग लिई सकेका हुन । तर हाल सिफारिस भएकाे मा बढि सम्भाबना २ नम्बर रहने देखिएकाे छ ।
सुनसरी–२ बाट मेहतासँगै नेता डा.संजय खतिवडा, केन्द्रीय सदस्य अनुप सुब्बाको नाम पनि सिफारिस भएको उनले बताए ।
सुनसरी ४ बाट महासचिव मेहतासँगै जिल्ला अध्यक्ष रामनारायण यादव र केन्द्रीय सदस्य अयुब अन्सारीको नाम सिफारिस भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरिसकेका छन् ।
समानुपातिकमा तीन दलले बराबर सिट बाँडफाँड गरेका छन् ।