सुनसरी
सुरेन्द्र कुशवाहा भाेक्रहा नरसिंह /जबाे
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ स्थित रहेको श्री आधारभुत विद्यालयमा ताला बन्दी गरेका छन्।स्थानीयवासी तथा सचेत युवा हरुले मंगलबार दिउँसो विद्यालयको प्रशासनिक कार्यालयमा ताला लगाएको स्थानीय रामनारायण मेहता ले जानकारी दिनुभयाे ।
भोक्राहा नरसिंह २ अकाहा स्थित रहेको श्री आधारभुत विद्यालय अकाहामा बिगत केही महिना देखि शिक्षककाे विषय मा बिवाद वडिरहेकाे छ ।खासमा अङ्ग्रेजी बिषयको शिक्षक नभएपछि विद्यार्थिहरुको पढाई लेखाइमा पु्र्णरुपले प्रभावित भएका छन । पढाई लेखाइ प्रभावित भएपछि गाउँ पालिकाले अङ्ग्रेजी शिक्षकको ठाउँमा सामाजिक विषयको शिक्षक काजमा पठाइएको भन्दै स्थानीयहरु आक्रोश हुँदै विद्यालयमा ताला बन्दी गरेका छन्।
शिक्षकको बिषयमा स्थानीयहरुले पटकपटक गाउँपालिका अध्यक्ष र शिक्षा शाखा लाई जानकारी गराउदा पनि नमानेपछि ताला बन्दी गर्नुपरेकाे बताएका छन्।
स्थानीयहरुले गाउँपालिका तथा शिक्षा शाखा लाई विषयगत शिक्षक विद्यालयमा पठाउन माग गरेका छ्न।
स्थानीयवासी तथा सचेत युवा हरुले मंगलबार दिउँसो विद्यालयको प्रशासनिक कार्यालयमा ताला लगाएको स्थानीय रामनारायण मेहता ले जानकारी दिनुभयाे ।
