विश्वकपः अर्जेन्टिना समूह विजेता, हारे पनि पोल्याण्ड नकआउट चरणमा

पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो ।

पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

अघिल्लो खेलमा मेक्सिकोलाई हराउन अर्जेन्टिनी टिम लियोनल मेस्सीबाट प्रेरित थियो । उनैले अर्जेन्टिनी टिमलाई ट्रयाकमा ल्याएका थिए । उनले पुनः महत्वपूर्ण भूमिका निभाए र अन्तिम १६ मा अस्ट्रेलियासँगको भेट निश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *