कालिगण्डकी करिडोर एकतर्फी खुल्यो पहिरोले अवरुद्ध भएकाे थियाे

जनता बाेल

२०८२ असार ३ गते मंंगलबार

३ असार, गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलेको छ ।

गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

चट्टान सहितको पहिरो पन्छाउने काम भइरहेकोले एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए । सडक पूर्णरूपमा सुचारु हुन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा गुल्मीको पुर्तिघाटसँगै छिमेकी जिल्ला बागलुङ, पर्वत र पोखरासम्म पुग्ने सवारी बिच बाटोमै रोकिएका थिए ।

सडक एकतर्फी सुचारु भएपछि रोकिएका सवारीसाधनहरु गन्तव्य तर्फ लागेको डिएसपी सारुले बतए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *