मौसम विभागको रेड अलर्ट१५जिल्ला लाई ससतर्कता

१५ जिल्लामा उच्च सतर्कता अपनाउन आग्र। मौसम विभागको रेड अलर्ट’

। विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेआईतबार सम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले १५ जिल्लामा रेड अलर्ट जारी गरेकाे छ।

रेड अलर्ट जारी गरिएका जिल्लामा दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा रहेका छन्।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै मधेश,कोशी,बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा तथा कर्णाली प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको माैसम विभागले जनाएको छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।

Oplus_131072

Leave a Reply

Your email address will not be published. Required fields are marked *